माओवादीसँग पार्टी एकता गर्ने नेसपाको निर्णय

तामसालिङ खबर
२६ जेष्ठ २०८०, शुक्रबार ०८:२५

जेठ, काठमाडौं – नेपाल समाजवादी पार्टीको यही जेठ २५ र २६ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको ‘अबको राष्ट्रको संकल्प: नयाँ समाजवादी विकल्प’ नामको राजनीतिक प्रस्ताव र सहअध्यक्ष गंगानारायण श्रेष्ठले प्रस्तुत गरेको संगठनात्मक प्रस्तावलाई बैठकले एकमतले पारित गरेको छ ।

नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्र लगायत विचार र राजनीतिक एजेण्डा मिल्ने पार्टीहरुसँग तत्काल समाजवादी मोर्चा बनाउँदै पार्टी एकताका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।

सहध्यक्ष गंगानारायण श्रेष्ठको संयोजकत्वमा गठन गरिएको वार्ता समितिले माओवादी पार्टीलाई बुझाएको एकता सम्बन्धि प्रस्तावको औपचारिक जवाफ माओवादीले दिएपछि एकताबारे थप निर्णय गर्ने नेसपाले बताएको छ ।

यस्तै पार्टीले असारदेखि मंसिरसम्म “संगठन निर्माण तथा विस्तार अभियान” सञ्चालन गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*