बालबिकास केन्द्रका शिक्षकको थाहा नगरलाई ध्यानाकर्षण

तामसालिङ खबर
२८ जेष्ठ २०८०, आईतवार ०८:२४

जेठ, हेटौंडा (थाहा नगर) – नेपाल बाल विकास शिक्षक समिति थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा बाल बिकास केन्द्रका शिक्षकहरुले उठाउँदै आएका मागहरुको सम्बोधन गर्न थाहा नगरपालिकाकालाई ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार थाहा नगरपालिकाको कार्यलयमा नगर प्रमुख बिष्णुबहादुर बिष्ट र उपप्रमुख भरत गोपालीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पालिकाको आगामी बजेटमा आफुहरुले उठाएका मागको सम्बोधन गर्न अनुरोध गरिएको छ ।

नेपाल बाल विकास शिक्षक थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा आफुहरुले उठाउदै आएको मागको सम्बोधन गर्न थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीको ध्यानाकर्षण गराएको हो ।

सामुदायिक बिद्यालयको पूर्व प्राथमिक तहमा अध्यापन गराउँदै आएका शिक्षकहरुको सेवा सुबिधामा बिभेद भएको उल्लेख गर्दै १० बुँदे माग सहितको ध्यानाकर्षण पत्र दिईएको नेपाल बाल विकास शिक्षक थाहा नगर समितिकी अध्यक्ष दिपा बलले जानकारी दिनुभयो ।

ध्यानाकर्षणपत्रमा बालबिकास केन्द्रका शिक्षकको तोकिएको तलब भत्ता केन्द्र सरकारबाट नै उपलब्ध गराउनपर्ने, दरवन्दी कायम गरी आधारभूत तह सरह सेवा सुबिधा उपलब्ध गराउनपर्ने, प्रक्रिया पु¥याई बाल बिकास केन्द्रका शिक्षाकलाई स्थायी गराउनपर्ने, बाल बिकास केन्द्रमा कार्यरत शिक्षकहरुको क्षमता बिकासका लागि तालिमको ब्यवस्थापन गर्नुपर्ने लगायतका मागहरु रहेको अध्यक्ष बलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*