मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला, ३ सय २० जनाको आँखा परिक्षण

तामसालिङ खबर
२६ जेष्ठ २०८०, शुक्रबार १९:०५

जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका मध्ये २६ जनामा मोतिबिन्दु देखिएको छ । ८६ जनाको आँखामा समस्या देखिएको कारण चस्मा वितरण गरिएको मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले बताउनु भयो।

हेटौडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा मनहरी गाउँपालिकाको आयोजना तथा ५ नम्बर वडा कार्यालयको सह-आयोजनामा शुक्रबार बसन्तपुरको वडा कार्यालयमा नि:शुल्क आँखा शिविर भएको हो ।

मोतिबिन्दु भएकाहरुलाई सोमबार बोलाईएको छौ, अवस्था अनुसार मंगलबार शल्यक्रिया हुने अस्पतालको फिल्ड कार्यक्रम संयोजक सुशील कुमार सिंहले बताउनु भयो।

५ नम्बर वडाको वडा अध्यक्ष दिपेन्द्र अधिकारीको सभाध्यक्षमा भएको शिविरमा गाउँपालिकाकी उपाध्यक्ष सिता पुलामी मगरको प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रममा मनहरी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहाल, ५ नम्बर वडा सचिब बिदुर पाठक, आँखा अस्पतालको फिल्ड कार्यक्रम संयोजक सुशील कुमार सिंह, वडा सदस्यहरु, टोल विकास समितिको प्रतिनिधिहरु, स्थानीय स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*