अपाङ्गता भएका बिद्यार्थीलाई थाहा नगरद्वारा छात्रबृत्ति प्रदान

तामसालिङ खबर
२५ जेष्ठ २०८०, बिहीबार १९:५६

जेठ, हेटौडा (थाहा नगर) – उत्तरी मकवानपुरको थाहा नगरपालिकाका बिभिन्न सामुदायिक बिद्यालयमा अध्ययनरत अपांगता भएका ४५ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ ।

नगरपालिकाको लक्षित बर्गको बजेट अन्तर्गत बिहीबार एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथ प्रति बिद्यार्थी नगद ३ हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो ।

थाहा नगरपालिका सामाजिक बिकास समितिको निर्णय अनुसार महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखाले नगरका १३ वटा विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको शाखा प्रमुख प्रतिमा मोक्तानले बताउनुभयो ।

थाहा ३ को बिकास घरमा आयोजित एक समारोह बीच झोला र कापी, कलम लगायत शैक्षिक सामग्री सहित नगद वितरण गरिएको थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेले बताउनुभयो ।

थाहा नगरपालिका सामाजिक विकास समिति सदस्य जनक बिकको सभापतित्वमा भएको छात्रबृत्ति बितरण कार्यक्रममा वडा नं. ४ का अध्यक्ष नारायण लामा, वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने, थाहा नगर रोजगार संयोजक कुमार नेगी, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल, दामन चेली समाजकी अध्यक्ष राधिका रायमाझी, लगायत सम्बन्धित विद्यालयका शिक्षक, बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*