बक्तृत्वकलामा रोजिना प्रजा प्रथम

तामसालिङ खबर
२४ जेष्ठ २०८०, बुधबार २२:०८

जेठ, हेटौडा (मनहरी) – मनहरीमा माध्यामिक विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय रोटरी माध्यामिक बिद्यालयकी रोजिना प्रजा प्रथम भएकी छिन्।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीले २५ औं बर्ष पूरा गरेको रजत जयन्तिको अवसरमा सप्ताब्यापी कार्यक्रम अन्तर्गत बुधबार भएको माबि स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रजा प्रथम भएकी हुन्।

त्यस्तै, राष्ट्रिय माध्यामिक बिद्यालयकी सुस्मा प्रजा द्दितिय, महेन्द्रकिरण माध्यामिक विद्यालयकी दिलिपा सुबेदी तृतीय भएको थियो। त्यस्तै गरि युनाईटेड ईङ्लिस सेकेण्डरीकी श्रीष्टी सदाशंकर र भोज सिद्ध माध्यामिक बिद्यालयकी सम्झना खड्का सान्त्वना भईन्। प्रतियोगितामा बिजेताहरु नगद तथा प्रमाणपत्र पाएको थियो।

‘गरिबी न्यूनीकरणमा साना किसान कृषि सहकारी संस्थाको भुमिका’ विषयक बक्तृत्वकलामा पालिकाको ५ वटा बिद्यालयको सहभागीता रहेको थियो । प्रतियोगिताको निर्णयमा रामहरी सुवेदी र पन्च गोपाली रहेका थिए ।

संस्थाको अध्यक्ष बिमला कार्कीको अध्यक्षतामा कार्यक्रममा मनहरी ७ का वडा अध्यक्ष ठाकुर तितुङको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड हाडिखोलाका अध्यक्ष राधिका मल्ल, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको लेखा संयोजक मातृका ढुंगाना लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो।

संस्थाको साताब्यापी कार्यक्रम अन्तर्गत बिहिबार कृषक सम्मान तथा पुरस्कार बितरण र शुक्रबार २६ गते संस्थाको आधुनिक सभाहल भवनको उद्घाटन एबम सहकारीकर्मी सम्मान तथा पुरस्कार बितरण कार्यक्रम रहेको संस्थाको प्रबन्धक ज्योति सुबेदीले बताउनु भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*