रजतजयन्तीको अवसरमा मनहरीमा ३८ जनाले गरे रक्तदान

तामसालिङ खबर
२३ जेष्ठ २०८०, मंगलवार २०:०८

जेठ, हेटौडा (मनहरी) – साना किसान सहकारी संस्था लिमिटेड मनहरीद्वारा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन्। संस्थाको २५ बर्ष पूरा गरेको रजत जयन्तिको अवसरमा साताब्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन मंगलबार रक्तदानको कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा निबर्तमान बागमती प्रदेशसभा सदस्य ओमबहादुर ग्लान, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, नेपाल रेडक्रस उपशाखा मनहरीका सभापती मोहन कार्की, उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरीका उपाध्यक्ष पदम तितुङ लगायत ३८ जनाले रक्तदान गर्नुभएको थियो।

रक्तदान जिल्ला रेडक्रस सोसाईटी मकवानपुरको प्राबिधिक सहयोगमा भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*