जिल्लास्तरीय खुल्ला बक्तृत्वकलामा आकृति घिमिरे भइन् प्रथम

द्दितीयमा सरोज बि.क., तृतीयमा कृतिका लौडारी
तामसालिङ खबर
२२ जेष्ठ २०८०, सोमबार १९:५१

जेठ, हेटौडा – जिल्ला युवा समिति मकवानपुरको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा आकृति घिमिरे प्रथम भएकी छिन।

“युवा र नबप्रबर्तन” शिर्षकमा हेटौडामा सोमबार भएको जिल्ला स्तरिय खुल्ला वक्तृत्वकला प्रतियोगितामा घिमिरेले प्रथम स्थान हासिल गरेकी हुन् । यस्तै, प्रतियोगीतमा सरोज बि.क.ले द्दितीय, कृतिका लैडारी तृतीय भएका छन्। प्रतियोगितामा प्रथम, द्दितीय र तृतीय हुनेहरुले क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन्।

जिल्ला समन्वय समितिको प्रमुख ललितबहादुर घलानले कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै, ‘युवा एक किसिमको सोच हो, युवाले कस्तो किसिमको समाज व्यवस्था र राज्यको स्वरुप रुपान्तरणमा युवाको सहभागिताको सम्बन्धि युवा परिषदले विभिन्न कार्यक्रम गर्दै आईरहेको प्रति खुशी व्यक्त गर्नुभयो ।

त्यस्तै, प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले अबको युवाले बोल्ने कला मात्र हैन, ब्यबहारमा पनि देखाउने युवाको खाचो रहेको बताउनुभयो । समाजको बिग्रेको अवस्था सुधार्ने भनेकै युवा हो, क्षमता भएका युवाहरुलाई देशमै केही गरेर खाने वातावरण रहेकोले युवा अब टाठो हुनुपर्ने समेत बताउनुभयो।

जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला युवा समितिको संयोजक सुमन पाख्रिनको सभाध्यक्षतामा भएको छ ।

त्यस्तै, बागमती प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, हेटौंडा जेसिसका अध्यक्ष श्रवणकुमार बर्तौला, मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापती छोईसाङ लामा लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा निर्णायकमा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक लोकराज शर्मा, प्राध्यापक निरा शर्मा र पुर्व हेटौंडा जेसिस अध्यक्ष दिपक मिश्र रहनु भएको थियो।

प्रतियोगितामा प्रथम हुने जेष्ठ २७ गते प्रदेश स्तरिय बक्तृत्वकलामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*