विश्व बाताबरण दिवसको अवसरमा ३८ जनाले गरे रक्तदान

तामसालिङ खबर
१९ जेष्ठ २०८०, शुक्रबार १८:४०

जेठ, हेटौडा – विश्व वातावरण दिवसको अवसरमा हेटौंडा १९ बस्तीपुरमा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रम टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र वडा समन्वय समिति हेटौंडा १९ को संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रम वडा समन्वय समितिका अध्यक्ष देवेन्द्र अर्यालको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यता, टोल विकास संस्था नगर अध्यक्ष ध्रुवप्रसाद अधिकारीको विषेश आतिथ्यता रहेको थियो । दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*