राप्ति खोलामा विशेष सरसफाई कार्यक्रम

तामसालिङ खबर
१६ जेष्ठ २०८०, मंगलवार २०:१३

जेठ, हेटौंडा – विश्व वातावरण दिवस २०८० को सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन राप्ति खोला विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पूर्वा लामा, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिना, वातावरण शाखा प्रमुख चन्दा खड्का, डिभिजन वन कार्यालयका प्रमुख, सहायक वन अधिकृत, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय मकवानपुर लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा ३ सय ५० जना भन्दा बढिले राप्ती खोलामा रहेका फोहर संकलन गरेको टोल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*