पालुङ गढीको संरक्षणको लागि जेसीजको सक्रियता

तामसालिङ खबर
१० जेष्ठ २०८०, बुधबार ०७:५९

जेठ, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले थाहा नगरमा रहेका ऐतिहाासिक पुरातात्विक सम्पदा पालुङ गढीको संरक्षणका लागि क्रियाशिल भएको छ ।

मंगलबार पालुङ जेसीजले थाहा नगरपालिका वडा नम्बर २ र ३ को सिमानामा रहेको आकाशदेबी डाँडामा रहेको ऐतिहाँसिक र पुरातात्विक महत्व बोकेको गढीको संरक्षण, प्रबर्द्धन र बिकासका लागि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा २ का वडा अध्यक्ष बमबहादुर सिन्तान, वडा सदस्यहरु, स्थानीय नागरिकहरु बीच अन्तरक्रिया सहित स्थान परिचय कार्यक्रमको आयोजना गरेको छ ।

परापूर्व कालमा पालुङ राज्यको दरबार संरक्षणका लागि उक्त डाँडामा गढी रहेको र नेपाल एकीकरणका क्रममा पृथ्बीनारायण शाहले पालुङ राज्यमाथि आक्रमण गरी उक्त पालुङ गढी र पालुङ दरवारलाई ध्वस्त बनाएको किम्बदन्ती रहेको छ ।

‘हाम्रो सम्पदा परिदृश्य र पुरातन संस्कृतिको प्रबर्द्धन’ भन्ने नाराका साथ थाहा नगरपालिका वडा नं. २ को आकाशदेवी डाँडामा रहेको गढीलाई संरक्षण तथा प्रबर्द्धन गर्न उक्त स्थानमै जनप्रतिनिधि सहित स्थानीय सँग अन्तक्रिया तथा स्थान परिचय कार्यक्रम गरिएको पालुङ जेसीज बर्ष २०२३ का कोषाध्यक्ष माधव कार्कीले बताउनुभयो ।

थाहा नगर भित्र रहेको ऐतिहासिक तथा पुरातात्विक स्थानको पहिचान गरि त्यसको संरक्षण गर्दै थाहा नगरको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने र आफ्नो स्थानमा लुकेर रहेका ऐतिहासिक स्थानको बारेमा प्रचार-प्रसार गर्नको लागि कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताउनुभयो ।

कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षहरु, बर्ष २०२३ का कार्यसमिति पदाधिकारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*