घेदुङ कोरियाको अध्यक्षमा राजकुमार निर्वाचित

तामसालिङ खबर
७ जेष्ठ २०८०, आईतवार २२:४४

जेठ, कोरिया (साउल) – नेपाल तामाङ घेदुङ दक्षिण कोरिया अध्यक्षमा राजकुमार स्याङ्तान चयन भएको छ ।

आइतबार सउलमा भएको घेदुङको ११ औं अधिवेशनले अध्यक्ष स्याङ्तानको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ, उपाध्यक्षहरूमा शुभराज भोम्जन, बुद्धिबहादुर तामाङ, प्रीति लामा, गणेश तामाङ निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा दावा फिन्जो तामाङ, सचिवमा निर योन्जन, लिलाबहादुर तामाङ, सुरेश थोकर, कोषाध्यक्षमा पासाङ बोम्जन र सदस्यमा केशवमान तामाङ निर्वाचित भएका छन् । बाँकी सदस्य नियमित बैठकले थप्ने छन् ।

कार्यक्रममा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष भिक्षु फुपू छेम्बे शेर्पा (खेन्पो गेसे थुप्तेन जिक्डोल)लाई सम्मान गरेको छ ।

अध्यक्ष शेर्पाले बौद्ध धर्म, दर्शन, संस्कार र संस्कृतिलाई विश्वमाझ चिनाउनका निम्ति दिइएको योगदानको उच्च कदर गर्दै सम्मान पत्र र खादाद्वारा सम्मान गरेको हो । साथै सिजेन न्हिङमा गुम्बा महायान बुद्ध गुम्बा हेटौडाका लामा प्रमुखलाई पनि सम्मान गरेको छ । लामा गुरुहरू बुद्ध जयन्तीको अवसरमा प्रत्येक वर्ष हुँदै आएको ‘लोटस् लान्टिन फेस्टिभल २०२३’ मा सहभागी हुन आइपुगेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*