मनहरी १ को वडा कार्यालय भवन उद्घाटन

तामसालिङ खबर
३ जेष्ठ २०८०, बुधबार २०:१६

जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवनको उद्घाटन भएको छ । बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले सोमबार उक्त नयाँ भवनको उद्घाटन गर्नुभएको हो ।

९१ लाख १७ हजारमा तरुण कन्स्ट्रक्सनले वडा भवन निर्माण ठेक्का पाएको थियो। उक्त कम्पनीले बिस २०७७ मा निर्माण शुरुवात गरेको काम गत फल्गुण १० गते सम्पन्न गरी कार्यालयलाई हस्तान्तरण गरेको थियो ।

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष शिव प्रसाद खनालको सभाध्यक्षमा भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती लगायत जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*