माओवादीको भ्रातृ संगठनमा थपियो ‘रिटर्नी सेन्टर नेपाल’

तामसालिङ खबर
५ जेष्ठ २०८०, शुक्रबार २०:४२

जेठ, काठमाडौ – नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन सङ्ख्या थपिएको छ । यसअघि माओवादीमा २३ वटा भ्रातृ संगठन रहेकामा ‘रिटर्नी सेन्टर नेपाल’ थप गरेर यो सङ्ख्या २४ बनाइएको छ ।

बिहीबार र शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक गई फर्किएकालाई संगठित गर्ने उद्देश्यले रिटर्नी सेन्टर नेपाल गठन गरेको हो ।

उक्त भ्रातृ संगठन प्रदेश, जिल्ला, पालिका, वडा र टोल समितिसम्म विस्तार गरिने माओवादीले जनाएको छ । यसैबीच सबैलाई एक ठाउँमा संगठित गर्न रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेला यही जेठ २६ गते काठमाडौँमा हुने भएको छ ।

राष्ट्रिय भेलामा महानगरबाट ३ जना,उपमहानगरबाट २ जना, नगरपालिका र गाउँपालिकाबाट १ जना पठाउन सर्कुलर जारी गरिएको पार्टीका एक नेताले जानकारी दिए ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई पार्टीमा जोड्ने उद्देश्यले माओवादीले पहिलो पटक यो पहल लिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*