महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नु पर्छ – झलनाथ खनाल

तामसालिङ खबर
१८ बैशाख २०८०, सोमबार ०७:३३

बैशाख, काठमाडौं – पूर्व प्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनको आन्दोलनलाई ऐक्यबद्धता जनाउन माइतीघर पुगेका उनले यस्तो बताएका हुन् ।

देशका वैज्ञानिकहरुलाई आन्दोलनमा उत्रिनु नपर्ने परिस्थिति सरकारले निर्माण गर्न आवश्यक रहेकोमा उनले जोड दिए । आफू अहिले भुँइमान्छे रहेको भन्दै उनले आफूले पुनको आन्दोलनमा पूर्ण ऐक्यवद्धता जनाएको बताए ।

‘कुनै पनि प्रधानमन्त्रीले यस्ता समस्या एक्लै हल गर्नसक्छ । अब हामीले यो देशमा वैज्ञानिक आविष्कारका कुरालाई, नवप्रवर्तनका कुरालाई अघि बढाउँछाैँ भनेर उहाँले सार्वजनिक रुपमा प्रतिवद्धता जनाएर अघि बढ्न जरुरी छ,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*