रेडक्रस दामन उपशाखाको निर्वाचन भोलि हुँदै

तामसालिङ खबर
१७ बैशाख २०८०, आईतवार १८:११

बैशाख, हेटौडा (थाहानगर) – थाहा नगरको नेपाल रेडक्रस सोसाईटी दामन उपशाखाको निर्वाचन भोलि सोमबार हुने भएको छ।

आगामी २ बर्षे कार्यकालको लागि बैशाख १८ गते सोमबार भोलि बिकास घर शिखरकोटमा निर्वाचन हुने दामन उपशाखा सभापति तथा जिल्ला सदस्य राजकुमार केसीले बताउनुभयो ।

निर्वाचन कार्यक्रम अनुसार बिहान ११ बजेदेखि १२ बजे सम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने र दिउँसो २:१५ देखि ४:१५ बजेसम्म निर्वाचन हुनेछ ।

उपशाखामा सभापति १ जना, उपसभापति (महिला) १ जना, सचिब १ जना, कोषाध्यक्ष १ जना, उपसचिब १ जना, उप-कोषाध्यक्ष १ जना, १ जना महिला सहित ५ जना सदस्य समेत ११ जना निर्वाचित हुने ब्यवस्था रहेको छ ।

उपशाखामा लागि १ सय ७९ जना आजीवन सदस्यहरु छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*