हाँडीखोलामा १० करोड लागतमा चिस्यान केन्द्र बन्ने

तामसालिङ खबर
१३ बैशाख २०८०, बुधबार २०:०५

बैशाख, (हेटौडा) मनहरी – तरकारी खेतीको लागि ख्याती कमाएको मनहरी गाउँपालिका ३ हाँडीखोलामा चिस्यान केन्द्र (कोल्डस्टोर) बन्ने भएको छ । चिस्यान केन्द्र निर्माणका लागि जग्गा प्राप्ती भएसँगै यसको आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

चिस्यान केन्द्र नहुँदा किसानले उचित बजार मूल्य नपाउँदा खेतबारीमै तरकारी कुहाएर फाल्नुपर्ने बाध्यात्मक अवस्था रहेको थियो । केन्द्रको लागि स्थानीय गणेशकुमारी उप्रेतीले आफ्ना पति मायानाथको स्मृतिमा १० धुर जग्गा उपलब्ध गराएकी छिन् । उप्रेती परिवारले उपलब्ध गराएको मनहरी ३ हाँडीखोलाको ढेडुवाखोलाको जग्गामै चिस्यान केन्द्र बन्ने निश्चित भएको छ ।

गाउँपालिका तरकारी खेतीको लागि अग्रस्थानमा छ, अब चिस्यान केन्द्र निर्माणको काम तीव्र गतिमा अघि बढ्ने पालिका अध्यक्ष रञ्जन कालाखेतीले
बताउनु भयो।

करिब १० करोडको लागतमा दुईवर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना छ ।’ चिस्यान केन्द्र निर्माणका लागि पालिकाले आगामी वर्ष पनि बजेट विनियोजन गर्ने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*