खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले आज र ३१ गते खोप लगाईदै

तामसालिङ खबर
१५ बैशाख २०८०, शुक्रबार ०७:२६

बैशाख, काठमाडौ – नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले आज बैशाख १५ गते खोप अभियान सञ्चालन गरिदै छ।

खोप अभियानमा लगाउन छुटेका बालबालिकाका लागि आज १५ गते र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

घर छिमेकमा कसैले खोप लगाउन छुटेको भए खोप लगाउनको लागि समन्वय गरिदिन पनि मन्त्रालयको आग्रह छ ।

मन्त्रालयकाअनुसार जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन् । त्यसैले बृहत् खोज र खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*