गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

तामसालिङ खबर
९ बैशाख २०८०, शनिबार १९:४४

बैशाख, कास्की (पोखरा) – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्। शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढलेको हो।

विश्वासको मतका लागि भएको मतदानमा सहभागी ५० जना प्रदेशसभा सदस्यमध्ये २४ जनाले मात्रै विश्वासको पक्षमा मत दिएका थिए भने ३५ जनाले विश्वासको बिपक्षमा मत दिएका थिए।

अधिकारीलाई एमालेबाहेक राप्रपाका दुई सांसदले साथ दिएका थिए भने माओवादी केन्द्र, कांग्रेस र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए। अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यसअघि अधिकारीलाई समर्थन गरेको माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिबार विश्वासको मत मागेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*