कोरोनाको कारण थप एकको मृत्यु, पछिल्ल्लो २४ घण्टामा १ सय ६ जनामा पुष्टि

तामसालिङ खबर
८ बैशाख २०८०, शुक्रबार १८:०३

बैशाख, काठमाडौ – नेपालमा कोरोना भाइरस संक्रमणको कारण थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एकजनाको कोरोनाको कारण मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १२ हजार २६ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८८३ जनामा गरिएको परीक्षणमा थप १ सय ६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार थप ४६ जनाले संक्रमणलाई जितेका छन् । हाल देशभर ४ सय १४ जना सक्रिय संक्रमित उपचाररत रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*