बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईदै

तामसालिङ खबर
६ बैशाख २०८०, बुधबार ०९:१२

बैशाख, काठमाडौं – बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि बिहबिार पनि खुवाइँदै छ ।

बुधबार र बिहीबार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि बिहीबार पनि नै खुवाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाउने लक्ष्य छ । भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रमको लागि देशभरका स्थानीय तह तथा वडाहरुको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरु खटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*