यूएईमा एक नेपालीले जिते, ७० करोडको चिठ्ठा

तामसालिङ खबर
७ बैशाख २०८०, बिहीबार १२:१०

बैशाख, काठमाण्डौ – रोजगागरीको सिलसिलामा यूएईमा एक नेपालीले चिठ्ठामा ७० करोड रुपैयाँ जितेका छन्।

खालिज टाइम्समा प्रकाशित समाचारअनुसार पदम नाम गरेका एक नेपालीले २ करोड दिहराम (करिब ७० करोड रुपैयाँ) चिठ्ठामा जितेका हुन्। चिठ्ठा परेबापत दिइएको यो रकम सन् २०२३ पछिकै सबैभन्दा ठूलो हो।

पदमलाई बुधबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो। उनी यूएईमा ट्याक्सी चालकका रुपमा कार्यरत छन्। उनले मासिक ५ हजार ७०० दिहराम आम्दानी गर्दै आएका थिए।

हालसालै पदमले महजुज र्याफल नामको चिठ्ठाको टिकट खरिद गरेका थिए। चेक लिँदै पदमले भने, ‘मलाई अझै पनि चिठ्ठा परेको विश्वास लागेको छैन।’

आफ्नी श्रीमती र छोरीलाई सोधेर १–१ वटा लक्की नम्बर लिएर चिठ्ठा किनेको पदमले बताए। यसअघि यूएईमै चिठ्ठामा गुल्मीका एक नेपाली युवाले ३४ करोड रुपैयाँ जितेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*