संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था धरापमा छ – मन्त्री श्रेष्ठ

तामसालिङ खबर
२० फाल्गुन २०७९, शनिबार ०७:१७

फाल्गुन, धादिङ – बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगानारायण श्रेष्ठले अहिले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था धरापमा परेको बताउनु भएको छ ।

धादिङको त्रिपुरासुन्दरी माध्यमिक बिद्यालयको बार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्रि श्रेष्ठले अहिले कतिपय राजनितिक दलहरुले यो ब्यवस्था अन्त्य गर्नु पर्छ भनेर ब्यवस्थाको बिरुद्धमा माहोल तयार गर्दै हिडिरहेको बताउनु भएको हो । ।

उहाँले यो प्रणाली ठुलो त्याग र शहिदहरुको रगत बाट साटिएको भन्दै जनताहरु सजग र सचेत हुनुपर्ने बताउनु भएको छ । उहाँले संघियता हाल कार्यन्वयनकै अवस्था भएको र बहुजातिय,बहुभाषिक देश नेपालमा सवैले नेपाली हुनुमा गौरव गरि अपनत्व दिलाउन संघिय प्रणाली ल्याएको भन्दै यो ब्यवस्था खलबल्याउन खोज्ने बिरुद्ध खवरदारी गर्न जरुरी रहेको बताउनु भएको छ । उहाँले नेपाली जनताले चिहानमा लगेर सेलाईसकेको राज्य ब्यवस्था, ति राज्य ब्यवस्थाका संचालकहरुलाई पुन आउन नसक्ने धारणा ब्यक्त गर्नु भएको छ ।

संघिय प्रणाली बिना यो देश अगाडी बढ्न नसक्ने भन्दै उहाँले नेपाली जनताले खोजेको समान अधिकार समान पहुँच,सम्बृद्धि र बिकासका निम्ती आफुहरु हरदम लागीरहेको बताउनुभएको छ । उहाँले राजनितिक स्थीरता नरहेसम्म बिकास र सम्बृद्धी सम्भब नभएको समेत बताउनु भएको छ । कार्यक्रमको सम्बोधन कै क्रममा मन्त्रि श्रेष्ठले धादिङको बिकासलाई आफुले नजिक बाट हेरिरहेको भन्दै धादिङमा शुशासन,बिकास र सम्बृद्धिको लागी आफु प्रतिबद्ध रहेको समेत ब्यक्तगर्नु भयो ।

त्रिपुरासुन्दरी माध्यमिक बिद्यालयको ४७ औ बार्षिक उत्सव तथा अभिभाबक भेलामा संविधान सभा सदस्य पुष्पबिक्रम मल्ल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी,गाउपालिका उपाध्यक्ष देवराज धरेल, नेपाली काग्रेसका नेता बासु तिमल्सिना,नेपाल रेडक्रस सोसाईटी धादिङका निवर्तमान सभापती नारायण तिमल्सिना लगाएतको आतिथ्यता रहेको थियो ।

बार्षिक उत्सवको अवसरमा बिद्यालयले राष्ट्रिय तथा स्थानिय कलाकारको सांस्कृतिक कार्यक्रम सहित बिभिन्न बिधामा पुर्व शिक्षक तथा बिद्यार्थीरुलाई सम्मान समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*