विश्वकपमा छनोट नेपाली टोलीका सदस्यले जनही १ लाख पाउने

तामसालिङ खबर
२० फाल्गुन २०७९, शनिबार १०:१५

फाल्गुन, काठमाडौ – नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्षमुनिको विश्वकप छनोट भएको खेलाडीलाई जनही १ लाख दिने घोषणा गरेको छ ।

निर्णायक खेलमा यूएईलाई ७ रनले हराउँदै रोमाञ्चक जित निकालेको नेपाली टोलीलाई क्यानले जनही १ लाख दिने घोषणा गरेको हो । यो जित सँगै नेपाल श्रीलङ्कामा अर्को वर्ष हुने १९ वर्षमुनिको विश्वकपका लागि छनोट भएको छ ।

छनोट भएसँगै क्यानले नेपाली टोलीलाई बधाई दिँदै खेलाडीलाई जनही १ लाख दिने घोषणा गरेको हो । यस बाहेक पुरस्कार तथा सम्मान कार्यविधि अनुसार खेलाडीहरुले नेपाल सरकारबाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*