२ सय २३ जनाको नि:शुल्क आँखा शल्यक्रिया हुने

तामसालिङ खबर
१९ फाल्गुन २०७९, शुक्रबार ०९:२४

फाल्गुन, हेटौडा – हेटौंडा सामुदायिक आँखा अस्पतालमा २ सय २३ जनाको नि:शुल्क आँखाको शल्यक्रिया हुने भएको छ । रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट शुरु भएको निशुल्क आँखा शिविरबाट भेटिएका मोतिबिन्दु लागेका २ सय २३ जनाको निशुल्क शल्यक्रिया हुने कार्यक्रम संयोजक अन्जनीकुमार पराजुलीले जानकारी दिए ।

मंगलबार रौतहट र सिन्धुलीमा ३ सय ९० जनाको परिक्षण गर्दा ७३ जना मोतिबिन्दुका बिरामी भेटिएका थिए । त्यसैगरी बुधबार सर्लाही र सिन्धुलीमा ३ सय ८८ जनाको आँखा परिक्षण गर्दा ७६ जना मोतिबिन्दुका बिरामी भेटिएका थिए भने बिहीबार मकवानपुरको कैलाश र रौतहटमा भएको शिविरमा ४ सय १० जनाको आँखा परिक्षण गरिएको  थियो । जसमध्ये ७४ जनामा मोतिबिन्दु भेटिएको संयोजक पराजुलीले बताए ।

मोतिबिन्दु देखिएका बिरामीहरुलाई १९ र २० गते हेटौंडा आँखा अस्पतालमा निशुल्क शल्यक्रिया हुनेछ । उनीहरुको यातायात खर्च, बस्ने खाने खर्च रोटरी क्लबले व्यहोर्ने संयोजक पराजुलीले बताए । पराजुलीका अनुसार शिविरमा हेटौंडा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ भने रोटर्याक्ट क्लब अफ मकवानपुरले पनि आवश्यक सहयोग गरेको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*