हेटौंडामा प्रदेशस्तरीय सूचना-प्रविधि मेला चैत्र २ गतेबाट हुने

तामसालिङ खबर
१९ फाल्गुन २०७९, शुक्रबार ११:१४

फाल्गुन, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक बागमती प्रदेशस्तरीय सूचना प्रविधि (क्यान इन्फोटेक) मेला हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजनामा मेला हुन लागेको हो ।

मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिेकेशन डिभाइस, वीमासम्बन्धी प्रदर्शनी तथा विक्री स्टल रहने जनाएको छ । मेलामा कुल ४० वटा स्टल रहने छ । कृषिमा डिजिटलाइजेसनको प्रयोग, नेटवर्किङ र सीसी टिभी तालिम हुने जनाएको छ ।

यस्तै शिक्षक, विद्यार्थी तथा युवालक्षित साइवर सुरक्षाजस्ता ३ वटा आइसिटी सेमिनारसमेत सञ्चालन हुने जनाएको छ । चैत २ गतेदेखि ६ गतेसम्म हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा मेला आयोजना हुनेछ ।

मेलामा रोबार्ट र पब्जी प्रतियोगिताको आयोजना हुनेछ । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता हुने मेलाका संयोजक तथा बागमती प्रदेश अध्यक्ष पुष्पराज पुडासैनीले बताउनु भयो । रोबार्ट र पब्जी दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिने मेलाका संयोजक पुडासैनीले बताउनुभयो । मेलामा विद्यार्थीलाई १० रुपैयाँ र अन्यलाई २५ रुपैयाँ टिकटको व्यवस्था गरिएको जनाएको छ । मेलामा इ–टिकटको पनि व्यवस्था गरिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*