रैथाने बाली कोदोको ब्रान्डिङ र लेबलिङ गरिदै मकवानपुर गढी

तामसालिङ खबर
१९ फाल्गुन २०७९, शुक्रबार ०८:४०

फाल्गुन, हेटौडा (मकवानपुर गढी) – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कोदो र कोदोको पिठो ब्रान्डिङ, लेबलिङ र प्याकेजिङको तयारी थालेको छ ।

गाउँ कार्यपालिका बैठकमा र अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थामा प्याकेजिङका विभिन्न तरिकाहरु नमूना प्रदर्शनी गरिएको छ । त्यस्तै, बाक्लो कागजको डिब्बा, पेपरको प्लाष्टिक कोटेड प्याकेट, कपडाको सुर्के थैेली, प्लाष्टिकको प्याकेट, प्लाष्टिकमा साधारण स्टिकर राखिएकाहरु प्रदर्शनी गरिएको थियो ।

रैथाने बाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको सहयोगमा अपाङ तथा विपन्न कृषि सहकारी संस्था लिमिटेड मकवानपुरगढी ४ कालिखोला मार्फत बजारीकरण गर्ने गरि कालिखोला ब्रान्डको नाममा कोदोको दाना र पिठोको लेबलिङ र प्याकेजिङको तयारी भईरहेको पालिकाका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*