पालुङमा तिन दिने आँखा शिविर, बुधबार १ सय ६३ जनाको आँखा परिक्षण

तामसालिङ खबर
१७ फाल्गुन २०७९, बुधबार १६:३५

फाल्गुन, हेटौडा (थाहा नगर) – हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङमा नि:शुल्क आँखा शिबिर शुरु भएको छ ।

थाहा नगरपालिका र पालुङ जेसीजको स्थानीय ब्यवस्थापनमा भएको शिबिरमा ९७ महिला र ६६ पुरुष गरी १ सय ६३ जनाको आँखा परिक्षण गरिएको पालुङ जेसीज बर्ष २०२३ का महासचिब सञ्जय गोपालीले बताउनुभयो ।

शिबिरमा थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, कैलाश गाउँपालिका लगायतको क्षेत्रबाट आँखाका बिरामीहरुले सेवा लिएका थिए । शिविर शुक्रबार सम्म संचालन हुने आयोजकले जनाएको छ।

आँखा परिक्षणबाट मोतियाबिन्दुको लक्षण देखिएका बिरामीहरुको पालुङमै बिहिबार र शुक्रबार नि:शुल्क अप्रेसन गरिने तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङकी प्रमुख बिनी महर्जनले बताउनुभयो । उहाँले आँखाको जटिल उपचार गर्नपर्ने बिरामीहरुलाई काठमाण्डौ रिफर गर्ने र काठमाण्डौमा समेत नि:शुल्क उपचार गरिने बताउनुभयो ।

शिविरमा पालुङ जेसीज बर्ष २०२३का अध्यक्ष संगम कार्की महासचिव सञ्जय गोपाली, कोषाध्यक्ष माधब कार्की लगायतले सहजीकरण गर्नुभएको थियो । शिविरमा तिलगंगा आँखा अस्पताल काठमाण्डौंका चिकित्सकको टोलीले आँखा परिक्षण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*