थाहाको झम्केश्वरी माविमा ब्यबस्थापन समितिको ठाडो हस्तक्षेप

तामसालिङ खबर
१७ फाल्गुन २०७९, बुधबार १५:१८

फाल्गुन, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरपालिका १ ओखरबजार स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक उद्धवप्रसाद आचार्यले राजिनामा दिएका छन् । आचार्यले १७ फागुनबाट लागू हुने गरी राजिनामा दिएका छन् ।

विद्यालय व्यवस्थापन समितीले अन्यत्र विद्यालयबाट सरुवा गराइ शिक्षक ल्याएर प्रधानाध्यापक बनाएकोमा उनले असन्तुष्टि पोखेका छन् । हालै थाहानगरको जनकल्याण माविबाट शिक्षक गणेशमान श्रेष्ठ सरुवा भई झम्केश्वर गएका छन् । श्रेष्ठलाई प्रधानाध्यापक बनाइएको तर्फ आचार्यले संकेत गरेका छन् ।

निवर्तमान हुनै लागेको ( फागुन २० पछि) विद्यालय व्यवस्थापन समितीका सल्लाहकार सुरेन्द्रमान प्रधान र अध्यक्ष प्रदिप प्रधानले शैक्षिक सत्रको अन्तिम समयमा विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप प्रति बेवास्ता गर्दै प्रधानाध्यापक हटाउन र बनाउन ठाडो हस्तक्षेप गरेका गरेको आरोप लागेको छ।

राजिनामा पत्र हेर्नुहोस् –

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*