रोटरीको आयोजनमा बुधबार ३ सय ८८ जनाको नि:शुल्क आँखा परिक्षण

तामसालिङ खबर
१७ फाल्गुन २०७९, बुधबार १६:४९

फाल्गुन, सिन्धुली – रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट शुरु भएको नि:शुल्क आँखा शिविरमा बुधबार ३ सय ८८ जनाले आँखा परिक्षण गरिएको छ । जसमध्ये ७६ जना मोतिबिन्दुका बिरामी भेटिएका छन् ।

बुधबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ रतनपुरमा भएको आँखा शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरिएकोमा ४० जना मोतिबिन्दुका बिरामी भेटिएका मुख्य कार्यक्रम संयोजक अन्जनी कुमार पराजुलीले बताए ।

त्यसैगरी सर्लाहीको चन्द्रनगर ७ मा भएको शिविरमा १ सय ३८ जनाको परिक्षण गर्दा ३६ जना मोतिबिन्दुका बिरामी भेटिएको सर्लाहीका कार्यक्रम संयोजक पुर्णप्रसाद अर्यालले जानकारी दिए ।

मंगलबार रौतहटको फतुवा बिजयपुर-११, हिमालिबासमा र सिन्धुलीको हरिहरपुर गाउँपालिका-७, क्यानेश्वरमा भएको शिविरमा ३ सय ९० जनाको आँखा परिक्षण गरिएको थियो । जसमध्ये ७३ जना मोतिबिन्दुका बिरामी भेटिएका थिए ।

शिविरमा हेटौंडा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ भने रोटर्याक्ट क्लब अफ मकवानपुरले पनि आवश्यक सहयोग गरेको छ । मोतिबिन्दुका बिरामीहरुको फागुन १९ गते शुक्रबार हेटौंडा आँखा अस्पतालमा निशुल्क शल्यक्रिया हुने संयोजक पराजुलीले बताए ।

बिहिवार मकवानपुरको कैलाश गाउँपालिका ९, नामटार र रौतहटको चन्द्रपुर नगरपालिका ९, सन्तपुरमा आँखा शिविर रहेकोे रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*