प्रदेश सरकारबाट व्यक्तिलाई अनुदान दिने काम रोक्छौँ – मुख्यमन्त्री जमकट्टेल

तामसालिङ खबर
१७ फाल्गुन २०७९, बुधबार ०७:२४

फाल्गुन, हेटौडा – बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशबाट अब व्यक्तिलाई अनुदान दिने काम रोक्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा आयोजित खाद्य अधिकारसम्बन्धी विद्यमान कानुन र कार्यान्वयनको अवस्थाबारे नीति निर्माताहरुसँगको नीति संवाद कार्यक्रममा बोल्नुहुँदै उहाँले प्रदेश सरकारले समुदाय लक्षित अनुदान मात्र दिने बताउनुभयो ।

व्यक्तिलाई अनुदान दिँदा वास्तविक किसान भने सधैं मारमा पर्ने भएकोले प्रदेश सरकारले नयाँ ढंगले काम गर्ने बताउनुभयो । व्यक्तिलाई अनुदान दिने नीतिलाई नबदलेमा जति बजेट छुट्याए पनि अनुदान दिए पनि केही उपलब्धि नहुने उहाँले बताउनुभयो । समुदाय लक्षित अनुदान दिएमा उत्पादन बढ्ने र खाद्यमा आत्मनिर्भर हुने उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारले किसानको उत्पादनलाई बजार व्यवस्थापन गरिने बताउनुभयो । उहाँले प्रदेश सरकारले किसानलाई तालिम, मल, बीउ, पानी र प्राविधिक दिने बताउनुभयो ।

यस्तै, बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री केशवराज पोखरेलले प्रदेश सरकारले नयाँ ढङ्गले काम गर्न सुरु गरिसकेको बताउनुभयो । किसानहरुलाई व्यावसायिकताको आधारमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्ने उहाँले बताउनुभयो । अहिले प्रदेश सरकार किसानहरूको गुनासो सुन्न किसान हेल्प डेस्क निर्माण गरिएको र किसानहरुको राम्रो प्रतिक्रिया पाएको बताउनुभयो ।

त्यस्तै गरि, फियान नेपाल बागमती र मधेस प्रदेशकी संयोजक लक्ष्मी गुरुङले कार्यक्रमको औचित्यलाई प्रकाश पार्नु हुँदै सरोकार निकायले भोकमरीको अन्त्य गर्नुपर्ने बताउनुभयो । अहिले कृषि पेशाको संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । किसानको पहिचान र सम्मान गर्नुपर्ने उहाँको भनाइ छ ।

नीति सम्बाद कार्यक्रममा खाद्य अधिकार ऐन कार्यान्वयन गर्न प्रदेश सरकारले गरेको पहल सहित प्रदेश कृषि विकास अध्यादेश र किसान परिचय पत्र वितरण कार्यक्रमको बारे कृषि मन्त्रालयका दिपेन्द्रमणि लामिछानेले सहजीकरण गर्नु भएको थियो। त्यस्तै, फियान नेपालका तिलक अधिकारीले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि विद्यमान कानुनी प्रावधान केन्द्र तथा बागमती प्रदेश र दस्तावेजीकरणबारे स्पष्ट पार्नुभयो।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, रमा आले मगर, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, सामाजिक विकास मन्त्रालयको सचिब रामशरण सापकोटा, राक्सिराङ्ग गाउपालिका उपाध्यक्ष बनस्तम थिङ्ग, गैसस महासघ बागमती प्रदेश अध्यक्ष आरती पाठक लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*