कांग्रेस मकवानपुरको शान्ति सुरक्षा तथा प्रशासन विभाग

तामसालिङ खबर
१६ फाल्गुन २०७९, मंगलवार १६:०५

फाल्गुन, हेटौडा – नेपाली कांग्रेस मकवानपुरले शान्ति सुरक्षा तथा प्रशासन विभाग गठन गरेको छ । कालु घलानको संयोजकत्वमा केही दिन अघि गठन गरिएको विभागलाई मगलबार पूर्णता दिइएको हो ।

आम नागरिककको शान्ति सुरक्षामा सम्बन्धित निकायलाई सहयोग गर्ने उद्देश्यले गठन गरिएको विभागमा हरिबहादुर मोक्तान सदस्य सचिव रहनु भएको छ । त्यस्तै गरि ११ सदस्यीय विभागको सदस्यहरूमा राम थापा, रीताकुमारी घिमिरे, शोभा खतिवडा, इन्द्रबहादुर मोक्तान, योग्यराज सापकोटा, मीनप्रसाद दुलाल, डोल्मा स्याङ्बो, आशिष भट्ट, विश्वनारायण श्रेष्ठ रहनुभएको छ ।

सर्वसाधारणको शान्ति सुरक्षामा सम्बन्धित निकायलाई सहयोग गर्ने साथै सबै सरकारी निकायहरुको अनुगमन तथा निरीक्षण गरी छिटो र प्रभावकारी सेवा प्रदान गर्न सहयोग गर्ने विभागको उद्देश्य रहेको संयोजक कालु घलानले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*