रौतहट र सिन्धुलीमा ३ सय ९० जनाको नि:शुल्क आँखा परिक्षण

तामसालिङ खबर
१६ फाल्गुन २०७९, मंगलवार १९:५९

फाल्गुन, हेटौडा – रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट शुरु भएको निशुल्क आँखा शिविरमा ३ सय ९० जनाको नि:शुल्क आँखा परिक्षण गरिएको छ ।

मंगलबार रौतहटको फतुवा विजयपुर गाउँपालिका वडा नम्बर ११ स्थित हिमाली बासमा भएको आँखा शिविरमा २ सय ४८ जनाको आँखा परिक्षण गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए । जसमध्ये ४८ जना मोतिबिन्दुका बिरामी भेटिएका छन् ।

त्यसैगरी, सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका वडा नम्बर ७ क्यानेश्वरमा १ सय ४२ जनाको परिक्षण गर्दा २५ जना मोतिबिन्दुका बिरामी भेटिएको कार्यक्रम संयोजक अन्जनीकुमार पराजुलीले जानकारी दिए ।

आखा शिविरमा हेटौंडा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ । मोतिबिन्दुका बिरामीहरुको फागुन १९ गते शुक्रबार हेटौंडा आँखा अस्पतालमा निशुल्क शल्यक्रिया हुने संयोजक पराजुलीले बताए ।

पराजुलीका अनुसार बुधबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ५, रानिगन्ज र सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका वडा नम्बर ३ पिपलमाडीमा, १८ गते मकवानपुरको कैलाश गाउँपालिकाको नामटार र चन्द्रपुर नगरपालिकाको रौतहटमा हुने आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*