बकैयाका किसानलाई तरबुजाको विरुवा वितरण

तामसालिङ खबर
१५ फाल्गुन २०७९, सोमबार १२:०९

फाल्गुन, हेटौंडा – बकैया गाउँपालिकाले किसानहरुलाई तरबुजाको विरुवा वितरण गरेको छ । पालिकाले फागुनको पहिलो सातादेखि किसानहरुलाई तरबुजाको विरुवा वितरण गर्न शुरु गरेको हो ।

पालिकामा हालसम्म करिब ४५ जना कृषकहरुलाई १० हजार विरुवा उपलब्ध गराइसकेको बकैया गाउँपालिकाको आर्थिक विकास शाखा प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।

पालिकाले गत माघ महिनाको ३ गतेदेखि तरबुलाको ब्याड राख्ने कार्य सुरु गरेको थियो । ब्याड राखेको एक महिना अगावै पालिकाले किसानहरुलाई विरुवा उपलब्ध गराएको उहाले बताउनु भयो ।

२२ हजार विरुवा किसानलाई उपलब्ध गराउने लक्ष्य राखिए पनि २० हजार विरुवामात्र १ सय ४५ जना कृषकलाई उपलब्ध गराइने उहाँले बताउनुभयो । अझै एक सातासम्म छुटपुट भएका किसानहरुलाई उक्त विरुवा उपलब्ध गराउने उहाँले बताउनुभयो ।

कम्तिमा ३ कठ्ठा जग्गा भएका कृषक व्यवसायीलाई प्रतिकठ्ठा २ सय वटा तरबुजाको विरुवा उपलब्ध गराइएको छ । किसानहरुलाई तरबुजा विरुवा वितरणका लागि पालिकाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*