कालिञ्चोकमा हिमपात

तामसालिङ खबर
१५ फाल्गुन २०७९, सोमबार ०६:१९

फाल्गुन, दोलखा – दोलखाको पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा हिमपात शुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्रमा आइतबार दिउँसो देखिनै हिउँ परिरहेको हो ।

जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिमसिम पानी परिरहेको छ । जसका कारण होटल व्यवसायी तथा किसान हर्षित भएका छन्। यो वर्ष कालिन्चोकमा पहिलोपटक हिमपात सुरु भएको हो।

विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने दोलखामा हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने त्रिपुरा रिसोर्ट सञ्चालक चन्द्रकुमार लामाले बताए । काठमाडौंबाट १ सय ३३ किलोमिटरको यात्रापछि चरिकोट र चरिकोटबाट १७ किलोमिटर यात्रापछि कालिञ्चोक क्षेत्र पुग्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*