हेटौडा ७ को नव निर्मित वडा भवन उद्घाटन

तामसालिङ खबर
१३ फाल्गुन २०७९, शनिबार १६:२९

फाल्गुन, हेटौंडा – उचित भवनको अभाबका कारण दैनिक कामकाजमा असहजता व्यहोरी रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ को नव निर्मित भवनको उद्घाटन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको लगानीमा करिब १६ महिना लगाएर निर्माण भएको ५ कोठे पक्की भवनको शुक्रबार हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।

भवनको उद्घाटन गर्दै नगर प्रमुख लामाले जनतालाई सेवा दिनका लागि बनेको नयाँ भवन बाट चुस्त दुरुस्त काम गर्न सुझाब दिइन् । जनताले दिएको मतबाटै वडा र नगरको नेर्तत्वमा पुगेको महशुष गर्दै शासन होइन सेवकको रुपमा काम गर्न आवश्यक रहेको बताइन् । अहिले उपमहानगरका सबै जनप्रतिनिधी सेवकको रुपमा काममा लागेको बताइन् । उनले भनिन् ‘जनताले लिएको बिष्वासलाई घात नहुने गरी नगरको समग्र विकासमा लाग्ने छौं ।’

नगरको कामले बिस्तारै गति लिइरहेको भन्दै नगर प्रमुख लामाले अहिलेको नेतृत्वले गरेको काम बिस्तारै देखिदै जानेमा बिष्वस्त रहन आग्रह गरीन् । राजमार्ग बिस्तारको कामसँगै हेटौंडाको स्वरुपमा परिवर्तन आउने, नगरका दुई वडामा आधारभूत अस्पताल सञ्चालन गरी सेवा दिने, बजार क्षेत्रका १० ठाउँमा हाइमाक्स लाइट जोड्ने काम अघि बढिरहेको उनले बताइन् ।

पछिल्लो समय उपमहानगरमा कार्यरत रहेका कर्मचारीहरु हटाएको बिषयमा भैरहेको टिप्पणीको खण्डन गर्दै कानुनी राज्यको पालना गर्दा अहिलेको अवस्था आएको बताइन् । उनले भनिन् ‘कानुन भन्दा माथि कोही छैन, त्यसैले कानुनकै पालना गर्दा अहिलेको अवस्था आयो ।’

नगरपालिकामा ज्यालादारीमा रहेर काम गरीरहेकाले निष्कासन पछि लोकसेवाको तयारीमा लागेको पाउँदा खुशी लागेको उनले बताइन् ।
कार्यक्रममा भवनको उद्घाटन गर्दै उपमहानगरमा उपप्रमुख राजेश बानियाँले राम्रो भवन भन्दा पनि जनताको काम प्रति जिम्मेवार बन्न आवश्यक रहेको बताए ।

काम गर्न चुनौती भएपनि त्यसलाई चिर्दै काममा अघि बढ्नुको बिकल्प नभएको उनको भनाई थियो । हेटौंडा उपमहानगरपालिका ७ का अध्यक्ष दामोदर गौतमको अध्यक्षतामा भएको वडाकार्यालय उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत शिबराज चौंलागाई, हेटौंडा ३ का अध्यक्ष ढलकबहादुर थापा, ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, ८ का अध्यक्ष रामकृष्ण थापा, १३ का अध्यक्ष पेम्बा लामा लगाएतको आतिथ्यता रहेको थियो ।

काभ्रेको सर्वेश्वर निर्माण सेवा प्रालिले २०७८ कार्तिकमा ठेक्का पारेको ५ कोठे भवन निर्माणका लागि ५१ लाख ६७ हजार ५०७ रुपियाँ खर्च भएको बताइएको छ । २०७२ सालको ठुलो भूकम्पका कारण पुरानो वडा कार्यालय भवन काम नालग्ने अवस्थामा पुगेपछि सोहि ठाउँमा नयाँ कार्यालयको निर्माण गरिएको वडा कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*