सामसुङको ग्यालेक्सी एस २३ सिरिज स्मार्टफोन हेटौंडामा बिक्रि शुरु

तामसालिङ खबर
१३ फाल्गुन २०७९, शनिबार ०७:१७

फाल्गुन, हेटौंडा – दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस २३ सिरिज स्मार्टफोन बागमती प्रदेशको राजधानी हेटौंडामा विक्री वितरणको सुरु भएको छ ।

सामसुङको बहुप्रतिक्षित नयाँ स्मार्टफोनको रुपमा रहेको एस २३, प्लस र अल्ट्रा गरी २३ सिरिजका तीनवटा मोडेलहरु हेटौंडामा उपलब्ध हुने सामसुङ मोवाईलको आधिकारिक विक्रेता आर.एम. इन्टरप्राइजेजका सञ्चालक रोहिणी प्रसाद गौतमले बताए ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त मोडलहरु हेटौंडामा सार्वजानिक गरिएको थियो । सञ्चालक गौतम सहित मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष नवराज चौलागाई लगायतकाले उक्त मोडलहरु संयुक्त रुपमा सार्वजानिक गरेका थिए ।

यो सिरिजका स्मार्टफोनमा क्यामरा फिचर्समा धेरै रहेको छ । ग्यालेक्सी एस २३ अल्ट्रा मोडेलमा २०० मेगापिक्सेलको क्यामरा रहेको छ । उक्त उच्च क्षमतायुक्त सेन्सरले कम प्रकाश भएको ठाउँमा पनि प्रष्ट, चम्किलो तथा विस्तृत तस्वीर खिच्न सकिने सुविधा रहेको गौतमले बताए । त्यस्तै एस–२३ र एस–२३ प्लसमा चाँहि ५० मेगापिक्सेलको मुख्य क्यामरा रहेकोे छ । भने थप १० प्लस १२ समेत रहेको छ ।

ग्यालेक्सी एस २३ अल्ट्रामा १२ जिबीको र्याम र ५१२ जिबीको मेमोरी क्षमता रहेको छ । अर्को मोडेलमा १२ जिबीको र्याम र २५६ जिबीको मेमोरी उपलब्ध रहेको छ । त्यस्तै एस २३मा ८ जिवीको ¥याम र २५६ जिबीको मेमोरी र एस २३ प्लस मोडेलमा ८ जिबी ¥याम र ५१२ जिवी मेमोरी रहेको छ ।

कम्पनीको एस २३ को नेपाली बजार मूल्य १ लाख २७ हजार ९९९, एस २३ प्लसको १ लाख ५१ हजार ९९९ तथा एस २३ अल्ट्राको मूल्य २ लाख ९ हजार ९९९ तोकिएको छ ।

एस २३ अल्ट्रामा ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री छ । त्यस्तै एस २३ प्लसमा ४ हजार ७ सय र एस २३ मा ३ हजार ९ सय मिलिएम्पियर आवरको ब्याट्री रहेको छ । स्मार्टफोनहरु ग्रीन, फ्यानतम ब्ल्याक, क्रिम, ल्याभेंदर ग्रीन रङमा हेटौंडाको मोवाईल पसलहरुमा उपलब्ध हुने सञ्चालक गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*