हेटौडामा जाल्पा सामुदायिक लघुबित्तद्वारा सदस्यलाई तरकारीको बिउ बितरण

तामसालिङ खबर
१३ फाल्गुन २०७९, शनिबार १८:१२

फाल्गुन, हेटौंडा – जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था हेटौंडाका सदस्यहरुलाई उद्यम बिकास कार्यक्रम अन्तर्गत नगदेबाली तर्फ आकर्षित गरि उद्यमशिल बनाउन मौसमी तरकारीको बिउ बितरण गरिएको छ ।

बिभिन्न चरण गरि संस्थाको ग्राहक संरक्षण कोष अन्तर्गत १ सय २० जना सदस्यहरुलाई काक्रो, भिण्डी, तनेबोडी, करेलाको बिउ बितरण गरिएको जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्थाको हेटौंडा शाखा कार्यालयका प्रबन्धक सुमन खत्रीले बताउनुभयो । प्रबन्धक खत्रीले संस्थाले बित्तीय सेवा संगै सदस्यहरुको घरदैलोमा पशु तथा कृषि प्राबिधिक सेवा र बिभिन्न सीपमुलक तालिम प्रदान गरिने बताउनुभयो ।

मौसमी तरकारीको बिउ बितरण कार्यक्रममा जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्था बागमती प्रदेश कार्यालयका कार्यालय प्रमुख बसन्तराज चालिसे, हेटौंडा शाखा कार्यालयका कर्मचारी, संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाले बित्तीय सेवासंगै विभिन्न सीपमुलक कार्यक्रम समेत संचालन गरी सदस्यहरुलाई ब्यवसायीक बनाउन जाल्पा सामुदायिक लघुबित्त बित्तीय संस्थाले सदस्यहरु केन्द्रित कार्यक्रम ल्याएकोमा सदस्य अनिशा श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो ।

संस्थाले ३४ जिल्लामा ९९ शाखा कार्यालय मार्फत बित्तीय कारोबार गर्दै आएको छ । १ लाख ६ हजार ४ सय ४९ जना सदस्य रहेको संस्थाले ५० हजार ९ सय ३५ सदस्यहरुसंग ऋण कारोबार गर्दै आएको छ । संस्थामा ५ सय ६२ जना प्रत्यक्ष रोजगारीमा संलग्न रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*