बागमती प्रदेशमा छलफलै नगरी दुई अध्यादेश पारित गर्ने तयारी

तामसालिङ खबर
१० फाल्गुन २०७९, बुधबार १७:३२

फाल्गुन, हेटौंडा – बागमती प्रदेश सभाले छलफल नै नगरी दुईवटा अध्यादेश पास गर्ने तयारी गरेको छ ।

बुधबार संसद सचिवालय हेटौंडामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ टेबुल गर्ने निर्णय गरेको छ ।

यी दुई अध्यादेश आउँदो फागुन १३ गते प्रदेश सभा बैठकले पास गर्ने सम्बन्धमा सबै दलहरूको बीचमा सहमति जुटेको नेपाली कांग्रेसका मुख्य सचेतक कुन्दन काफ्लेले जानकारी दिए ।

आज २:१० मा बस्ने प्रदेशसभाको बैठकमा २ वटा बैठक संचालन हुने उनले बताए । पहिलो बैठकमा कर्मचारी सम्बन्धि २ वटा अध्यादेशको प्रतिस्थापन विधेयक पेश हुने र दोस्रो बैठकमा विधेयकमाथि छलफल हुने उनको भनाइ छ ।

बागमती प्रदेश सभाले दलहरुका बिचमा सहमति जुट्न नसक्दा अहिलेसम्म ५ वटा संसदीय समितिको गठन गर्न सकेको छैन । राष्ट्रपतिको निर्वाचन पछि मात्र समिति गठन हुने काफ्लेले जानकारी दिए । अनलाइन खवरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*