उच्च शिक्षा अध्ययनका लागि ल्यापटप

तामसालिङ खबर
९ फाल्गुन २०७९, मंगलवार ०७:०८

फाल्गुन, हेटौंडा – उच्च शिक्षा अध्ययनमा रहेका हेटौंडा ८ का द्रिष्टी बिहीन एक युवालाई हेटौंडा उपमहानगरपालिकाले ल्यापटप सहयोग गरेको छ ।

हेटौंडा ५ को बालज्योति माध्यमिक बिद्यालयमा रहेको द्रिष्टी बिहीनहरुको बिद्यालयबाट एसइइ परिक्षा उर्तिण गरेका हेटौंडा–८ का कृष्ण बस्नेतलाई सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले ल्यापटप हस्तान्तरण गरेकी हुन् । उनको नियमित अध्यनमा सहयोग पु¥याउनका लागि उपमहानगरले डेलको आइ थ्रि लेपटप दिएको हो ।

चितवनको झुवानी क्याम्पसमा कक्षा–११ मा अध्ययनरत बस्नेतले ल्यापटप दिएकोमा उपमहानगरका प्रमुख लामालाई धन्यवाद दिए । अन्य पालिकहरुवाट पनि आफुसँग पढ्ने साथीहरुले इलोक्ट्रोनिक उपकरण पाएपछि आफुले पनि यहाँ ल्यापटप माग गरेको उनले बताए ।

नगर प्रमुख लामाले द्रिष्टी बिहीन बस्नेतलाई आगामी शैक्षिक यात्राको शुभकामना दिइन् । उनले उपमहानगरले शैक्षिक सुधारसँगै गरिब र असहाय विद्यार्थीहरुका लागि शैक्षिक सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*