प्रेस सेन्टर नेपाल मकवानपुरले सुत्केरी भत्ता दिर्घकालिन बनाउन कोष खडा गरिने

मनहरी ४ का वडाअध्यक्ष थापाद्वारा ४ बर्षसम्म आर्थिक सहयोग गर्ने घोषणा
तामसालिङ खबर
८ फाल्गुन २०७९, सोमबार ०९:५७

फाल्गुन, हेटौडा – मकवानपुरमा कार्यरत महिला सन्चारकर्मीको लागि प्रेस सेन्टर नेपाल मकवानपुरले शुरुवात गरेको सुत्केरी भत्ता कार्यक्रम दिर्घकालिन बनाउन कोष खडा गरिने भएको छ ।

शनिबार प्रेस सेन्टर नेपाल मकवानपुरको सम्पन्न बार्षिक साधारण सभाको अबसरमा सुत्केरी महिला पत्रकारलाई प्रोत्साहन स्वरुप सुत्केरी भत्ता र जेष्ठ, महिला पत्रकारको लागि स्वास्थ उपचारको ५० प्रतिशत छुटको स्वास्थ्य बिमा लगायतका कार्यक्रम अब देखि कोष खडा गरिने भएको हो।

त्यस्तै, सोहि कार्यक्रमकै अबसरमा मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रकाश थापाले सुत्केरी महिला पत्रकारहरुलाई प्रोत्साहन स्वरुप ४ बर्ष सम्म नगद ५ हजारको दरले उक्त कोषमा आर्थिक प्रदान गरिने घोषणा गर्नु भएको छ । त्यस्तै, प्रेस सेन्टर नेपालको केन्द्रिय उपाध्यक्ष निर्मल ज्ञवालीले नगद ५ हजार प्रदान गर्नु भएको छ।


साधारण सभा कै अवसरमा ५ जना सुत्केरी महिला पत्रकारहरुलाई प्रोत्साहन स्वरुप जनही ५ हजार रुपैयाँ प्रदान गरिएको प्रेस सेन्टर नेपाल मकवानपुर अध्यक्ष अन्जली थापाले बताउनु भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*