१० बुद्धे घोषण पत्र जारी गर्दै सकियो, प्रेस सेन्टर मकवानपुरको साधारण सभा

तामसालिङ खबर
७ फाल्गुन २०७९, आईतवार १९:०५

फाल्गुन, हेटौडा – प्रेस सेन्टर नेपाल मकवानपुर जिल्ला समन्वय समितिले १० बुद्धे घोषणा पत्र जारी गर्दै बार्षिक साधारण सभा सम्पन्न गरेको छ । प्रेस सेन्टर नेपाल केन्द्रिय सर्कुलर अनुसार नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रि कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा शनिबार बार्षिक साधारण सभा भएको हो।

शनिबार हेटौडामा भएको बार्षिक साधारण सभाले साना मिडिया प्रबर्द्धन, बिज्ञापन नीति, पत्रकार उपचार कोष, महिला पत्रकारका लागि सुत्केरी भत्ता कोष स्थापना लगायत निर्णय गरेको छ । साधारण सभाले १० ओटा मुख्य निर्णय गरेको र पत्रकार हकहितको बिषयमा विविध छलफल भएको संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले बताउनु भयो ।

साधारण सभाको अवसरमा प्रेस सेन्टर मकवानपुरले ५ जना पत्रकारलाई सृजनशील पत्रकारिता पुरस्कार २०७९ बाट जनही ५ हजार रुपैया सहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा राममणि दाहाल, भानुभक्त आचार्य, बालकृष्ण अधिकारी, भावना रिजाल र तिलक अधिकारी हुनुहुन्छ ।

प्रेस सेन्टर नेपालले महिला पत्रकारहरुमा सुनसानी थिङ, उषा थामी, पविना लामा, कुमारी स्याङ्वो र मनिता दानीलाई सुत्केरी प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँ प्रदान गरेको छ । सोहि कार्यक्रममा मकवानपुरका अग्रज १५ जना पत्रकारलाई फुल मालाद्वारा सम्मान गरिएको छ।

प्रेस सेन्टर नेपाल मकवानपुर जिल्ला समन्वय समितिको अध्यक्ष अन्जली थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रेस सेन्टर नेपाल केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा ‘जुगल’ को बिशिष्ट आतिथ्यतामा भएको थियो ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिको उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, प्रेस सेन्टर नेपाल केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश ईन्चार्ज लक्षमण खडका, केन्द्रिय उपाध्यक्ष निर्मल ज्ञावाली, महासचिब सन्तोष पौडेल, सचिब सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, पार्टी केन्द्रिय सदस्य मानकुमारी पाख्रिन नेपाली, सन्तोष बिष्ट, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको संयोजक सर्केश घलान ‘मधु’, राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ्ग, मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै, नेपाल पत्रकार महासघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, महासचिब कृष्ण सारु मगर, निवर्तमान अध्यक्ष प्रताप विष्ट, पत्रकार महासघ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारी, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी (पोष्टराज) , समाजवादी प्रेस संगठनको उपमहासचिब रामकुमार एलन, प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

प्रेस सेन्टर नेपाल, मकवानपुरको २०७९ फल्गुन ६ गते हेटौंडामा सम्पन्न साधारणसभाबाट जारी घोषणा पत्र २०७९
१.जिल्लामा रहेका साना लगानिमा संचालित स्वरोजगार मुलक मिडियाहरुलाई सहयोग , संरक्षण र प्रबर्द्धनका लागि प्रदेस र स्थानिय सरकारलाइ अनुरोध गर्ने निर्णय    गरियो ।
२. जिल्लामा संचालित सम्पुर्ण मिडियाहरुको प्रदेस सरकारलाई अपनत्व लिन आग्रह गर्ने निर्णय गरियो ।
३. समानुपतिक बिज्ञापन नीति कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरियो ।
४. श्रमजिबि पत्रकारहरुको हक हितको लागि मुख्य मन्त्रीले स्थापना गर्नु भएको सामाजिक सुरक्षा कोषको स्वागत गर्दै समाजिक सुरक्षा कोषमा आबद्ध हुँदै अघि बड्न अपिल गर्ने निर्णय गरियो ।
५. स्थानिय तहहरुलाइ जिल्लामा रहेका स्थानिय मिडियाहरुलाइ सहयोग प्रबर्द्धन गर्न अपिल गर्ने निर्णय गरियो ।
६. श्रम जिबि पत्रकारहरुले पाउनु पर्ने न्युनतम पारिश्रमिक सेवा सुबिधा पुर्ण रुपमा कार्यान्वयन गराउन अपिल गर्ने निर्णय गरियो ।
७. जिल्लामा रहेका कल कारखानाहरुलाइ जिल्लामा सन्चालित आम संचार गृहलाइ सहयोग गर्न अपिल गर्ने निर्णय गरियो ।
८. साना लगानिका स्वरोजगार मुलक मिडियाहरुलाइ उधोगको सरह मान्यता दिदै सेवा सुबिधा उपलब्ध गराउन अपिल गर्ने निर्णय गरियो ।
९. जिल्लामा कार्यरत महिला पत्रकारहरुको लागि सुत्केरी भत्ता बितरण्को लागि कोष स्थापना गर्ने निर्णय गरियो ।
१०. मकवानपुर जिल्लाका सम्पुर्ण पत्रकारहरुको लागि उपचार कोष स्थापना गर्ने निर्णय गरियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*