खुला कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम

तामसालिङ खबर
७ फाल्गुन २०७९, आईतवार ०७:३०

फाल्गुन, हेटौंडा – हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको व्यवस्थापनमा ‘सहिद’ विषयक खुला कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार संगम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सदस्य अनिता न्यौपानेद्वारा स्वागत मन्तव्य तथा ४ नम्बर वडाका वडाध्यक्ष नविन सिग्देलले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए।

निर्णायक मण्डलमा साहित्यकारहरू निमेष निखिल, छवि अनित्य र भावना सापकोटा रहनु भएको सो कार्यक्रममा प्रतियोगी कविका रुपमा ७३ वटा कविता समावेश भएका थिए ।

७ हजार ५ सय राशीसहित समर्पण न्यौपाने प्रथम, ५ हजार ५ सय राशीसहित स्वस्तिका दाहाल द्वितीय, ३ हजार ५ सय राशीसहित रुपक घलान तृतीय स्थान प्राप्त गर्नुभयो । साथै १ हजार राशीसहित इलिसा पराजुली, कृतिका लौडारी र सरोज कुमार साहले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा साहित्यकार तुल्सी थापा, तुलसी घिमिरे, आर. सी . रिजाल, रमेशमोहन अधिकारी र तीर्थदेवी सिलवाल सम्मानित हुनु भयो भने साहित्य सर्जकहरू पुरुषोत्तम आचार्य, राजकुमार लामिछाने, सानुबाबु खनाल, सुवास खनाल, छवि अनित्य, नन्दरत्न स्थापित, भावना सापकोटाले अप्रतियोगी रचना वाचन गरेका थिए।

कार्यक्रममा जिसस पूर्व अध्यक्ष रघुनाथ खुलाल, साहित्यकारहरू देवराज खरेल, राजकुमार लामिछाने, सानुबाबु खनाल, देवराज तिवारी, शान्ति प्रियवन्दना, हरि पौड्याल, केशव समर्पण, श्रीराम अधिकारी, डिबी बर्तौला लगायत साहित्यकार तथा सामाजिक व्यक्तित्वहरू उपस्थिति कार्यक्रम प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*