अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

तामसालिङ खबर
५ फाल्गुन २०७९, शुक्रबार ०७:३३

फाल्गुन, काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल विजयी भएका   छन् ।

२३ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार साँझ भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

यसैगरी, अनेरास्ववियुको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, आरती भट्टराई, दीपेश प्रसाईं र बिनिता काफ्ले निर्वाचित भएका छन् ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि बिहीबार इलेक्ट्रोनिक भोटिङ मशिनमार्फत् मतदान भएको थियो ।

त्यस्तै, मकवानपुरबाट अनेरास्ववियुको स्थायी कमिटिमा किसन घिसिङ, केन्द्रिय सदस्यमा अनेरास्ववियुको पुर्व जिल्ला अध्यक्ष विशाल पौडेल र निवर्तमान अध्यक्ष भुवन मैनाली निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*