बकैयामा निःशुल्क आँखा शिविर, ३७ जनाको आँखा अप्रेशन

तामसालिङ खबर
३ फाल्गुन २०७९, बुधबार १७:५२

फाल्गुन, हेटौडा (बकैया) – पुर्बी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ स्थित गरगरेको बकैया आधारभूत अस्पतालमा जारी तीन दिने निःशुल्क आँखा जाँच तथा मोतिविन्दुको शल्यक्रिया शिविरको दोश्रो दिनसम्म ४ सय २४ जनाले आँखा जाँच गराएका छन् ।

बकैया जेसिसको मुख्य आयोजनामा बकैया गाउँपालिका, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौं र बकैया आधारभूत अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरेको शिविरमा पहिलो दिन १ सय ७५ जना र दोश्रो दिन २ सय ४९ जनाले आँखा परिक्षण गरेका थिए ।

दुई दिनमा ५० जनामा मोतिविन्दुको समस्या देखिएकोमा ३७ जनाको सफल परिक्षण गरिएको बकैया जेसिसका कार्यकारी उपाध्यक्ष जितेन्द्र दाहालले बताए । आँखा सम्बन्धित समस्याबाट ग्रसित बिरामीलाई लक्षित गर्दै बकैया जेसिजले गाउँपालिका, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौं र बकैया आधारभूत अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो ।

जेसिसका कार्यकारी उपाध्यक्ष शुसिल घिमिरेको संयोजनमा भएको कार्यत्रलमले बकैयाका सयौँ आँखामा समस्या भएकाहरुलाई सहयोग गरेको छ । शिविरले आँखामा समस्या भएपनि अस्पतालसम्म पुगेर उपचार गर्न नसक्नेहरुलाई राहात दिएको हो । तीन दिनसम्म सञ्चालन हुने शिविर बिहिबारसम्म सञ्चालन हुने जेसिसका सचिव सरोज ढुंगेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*