नेपालले टर्कीको भुकम्प पिडितलाई सहयोग सामग्री पठाइयो

तामसालिङ खबर
१ फाल्गुन २०७९, सोमबार १७:३८

फागुन, काठमाडौं – नेपाल सरकारले फेब्रुअरी ६ मा टर्कीमा गएको भुकम्प पिडितका लागि सहयोग सामग्री पठाएको छ ।

टर्किएस एयरलाइन्समार्फत सरकारले औषधि, स्वास्थ्य उपकरण, न्यानो कपडा र आधारभूत सामग्री राहतस्वरुप पठाएको हो । पहिलो चरणमा भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्री पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले राहत सामग्री सहयोगका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र सामाजिक संघसंस्था र ढुवानी गर्ने टर्किएस एयरलाइन्सलाई धन्यवाद दिएको छ । भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने सरकारले निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*