राक्सिराङको चैनपुरमा आजबाट कृषि हाट बजार शुरु हुँदै

तामसालिङ खबर
१ फाल्गुन २०७९, सोमबार ०७:३२

फाल्गुन, हेटौडा (राक्सिराङ) – स्थानीय उत्पादनको प्रबर्द्ध र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकामा आजबाट हाटबजार सञ्चालन हुँदै छ ।

पालिका मुकाम चैनपुरमा आज कृषि हाटबजारको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । हरेक महिनाको १ र १५ गते कृषि हाट बजार सञ्चालन गर्ने योजनाका साथ सुरुवात गर्न लागिएको छ ।

हाट बजारमा स्थानीय चेपाङ तथा तामाङ समुदायका परम्परागत खानेकुरा, रैथाने उत्पादन, गिट्ठा भ्याकुर, चिउरीको मह, गहत, मास, फापर जस्ता स्थानीय उत्पादनको प्रबर्द्धन र खरिद बिक्री गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनु भयो।

रैथाने उपजहरुको प्रदर्शनी तथा विक्री वितरण, स्थानी खानाका परिकारका परिकार गरी २० वटा स्टल राखिनेछन् । हाट बजारको उद्घाटन समारोहमा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति, जातीय पहिचान झल्कने सांस्कृतिक झाँकी तथा नृत्य प्रदर्शन हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*