भ्यालेन्टाइनको अवसरमा टिभिएसको लभ स्किम

तामसालिङ खबर
२७ माघ २०७९, शुक्रबार ०९:५१

माघ, हेटौंडा – ‘भ्यालेन्टाइन डे’को अवसरमा जगदम्बा मोटर्स प्रालिले टिभिएस लभ एक्सप्रेस स्किम ल्याएको छ । जगदम्बा मोटर्सले प्रणय दिवसको अवसरमा युवा युवतीहरुलाई आकर्षित गर्ने उद्देश्यले यही माघ २३ गते देखि टिभिएस लभ एक्सप्रेस स्किम सञ्चालनमा ल्याएको हो ।

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रालिले प्रणय दिवस (भ्यालेन्टाइन डे)को अवसर पारेर ल्याएको टिभिएस लभ एक्सप्रेस स्किम अन्तर्गत ग्राहकहरुले एनटर्क स्कुटर खरिदमा ६ हजार रुपैंया नगद छुट प्राप्त गर्ने छन् ।

उपभोक्ताहरु माझ लोकप्रिय मानिएको एनटर्क स्कुटर टिभिएसको आईकन मोडलमा उक्त स्किम लागु गरिएको छ । उक्त स्किममा एनटर्क स्कुटर खरिद गर्न ईच्छुक ग्राहकलाई एक हजार तीन सय ३० रुपैयाको न्युनतम किस्ताबन्दीमा समेत स्कुटर उपलब्ध गराउने योजना रहेको जगदम्बा मोटर्स प्रालिको हेटौंडाका लागि आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टका प्रमुख प्रबेश राज बरुवालले बताउनुभयो ।

हेटौंडा ४ रानी दरबार अगाडि रहेको हेटौंडा अटो मार्टमा टिभिएसका मोटरसाईकल, स्कुटर, अटो बिक्री गरिदै आएको छ । अटो मार्टमा मोटरसाईकल, स्कुटर, अटो मर्मत, सर्भिसिङ गरिनुका साथै स्पेयर पार्टहरु सुपथ मूल्यमा पाईने समेत बरुवालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*