प्रेस सेन्टर नेपाल मकवानपुरको साधारण सभा फाल्गुन ६ गते हुने

तामसालिङ खबर
२३ माघ २०७९, सोमबार २२:०६

माघ, हेटौंडा – प्रेस सेन्टर नेपाल मकवानपुर शाखाको साधारण सभा आगामी फागुन ६ गते गर्ने निर्णय गरेको छ । सोमबार हेटौंडामा भएको पूर्ण बैठकबाट साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैठकले मकवानपुर अध्यक्ष अञ्जली थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । उपाध्यक्ष राजकुमार केसीको अध्यक्षतामा आर्थिक उपसमिति निर्माण गरिएको छ । जसमा सदस्यहरुमा कृष्ण सारु मगर, नवराज वाईवा, जयराम मोक्तान, शम्भु अधिकारी र रुपा गुरुङ रहेका छन् ।

यस्तै, सचिव एमपी शर्माको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । सदस्यहरुमा दिलबहादुर लामा, अशोकसुजन श्रेष्ठ, अर्जुन सञ्जेल र दुदुमाया सिन्तान रहेका छन् ।

यस्तै गरि, दिलबहादुर लामाको संयोजकत्वमा गठित प्राविधिक उपसमितिमा अर्जुन सञ्जेल, राजेश गरिब र ओम फुयाँल छन् । पुरस्कार छनौट उपसमितिमा सेन्टरका केन्द्रीय सदस्यहरु सुनिल खड्का, कृष्ण सारु मगर, धुव्र ढकाल र राज सापकोटा छन् । यसैगरी, पत्रकार महासंघ समन्वय समितिमा राजकुमार केसी, एमपी शर्मा, शुभलक्ष्मी विश्वकर्मा, नवराज वाइवा, रुपा गुरुङ र राजेश गरिब रहेका छन् ।

सेन्टरका मकवानपुर अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी (केन्द्र) मकवानपुरका सचिव भिम पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी प्रेस सेन्टरका केन्द्रीय सदस्य कृष्ण सारु मगर, सुनिल खड्का र धुव्र ढकाल, सेन्टर बामगती प्रदेश महासचिव धुव्र अधिकारी, प्रदेश कमिटीका सदस्यहरु तथा जिल्ला सदस्य र पालिका अध्यक्ष र प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*