व्यावसायिक बाख्रापालक महासंघ बागमती प्रदेश अध्यक्षमा टंक मुक्तान

तामसालिङ खबर
२५ माघ २०७९, बुधबार ०६:२२

माघ, हेटौडा – बाख्रा पालक किसानहरुको हकहितमा लड्ने छाता संघ नेपाल व्यावसायिक बाख्रापालक महासंघ बागमती प्रदेशको दोश्रो महादिबेशनले अध्यक्षमा टंक मुक्तान सर्बसम्मत चयन हुनु भएको छ ।

महासंघको उपाध्यक्षमा अजय पाठक, सचिब चन्द्रदेनि तामाङ, सह-सचिब नमराज हुमागाई, कोषाध्यक्ष रन्जित कार्की चयन हुनुभएकोछ । त्यस्तै सदस्यहरुमा ईश्वरी सुनार,खिल प्रसाद बुर्लाकोटी ,सरिता खड्का,खेम नाथ भट्ट,तारा कुमारी खत्री ,सागर महर्जन , बद्रीनाथ अधिकारी, दमाई गुरुङ्ग ,सिताराम अधिकारी , गङ्गा माया तामाङ लगाएतका सदस्यमा निर्बाचित भएकाछन् ।

कैलाश गाउँपालिका वडा नम्बर ८ मा रहेको जनजिबिका कृषि फर्मका संचालक समेत रहेका मुक्तान कैलाश गाउँपालिकाको निबर्तमान अध्यक्ष समेत हुनु हुन्छ । हाल उनको फर्ममा उन्नत जातका ६० वटा बोयर बाख्रा रहेका छन् ।

व्यावसायिक बाख्रा पालनमा देखा परेको समस्या बिक्रिमा न्युनतम मूल्य,हचुवाको भरमा बेच्नु पर्ने र बिचौलियाको मारमा किसान पर्नु किसानहरुको प्रमुख समस्या रहेको भन्दै महासंघको प्रतिनिधित्वमा बाख्रा बिकास बोर्ड गठन गरि यी समस्या हल गराउन राज्य लाग्नुपर्नेमा जोड दिनुपर्ने निबर्तमान उपाध्यक्ष एबम कार्यबाहक अध्यक्ष गोबिन्द सुबेदिले प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्री केशब प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तैगरी नेपाल लाईभ स्टकका डाक्टर बिदुर गौतम , पशुपन्छी बिकाश शाखा वरिष्ठ पशु अधिकृत डाक्टर शुशान्त गेलाल लगाएतको आतिथ्यता रहेको थियो ।
महासंघको केन्द्रिय महादिबेशन फाल्गुन महिनाको १२ र १३ गते काभ्रेको धुलिखेलमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*