प्रेस युनियन बागमती प्रदेशको अध्यक्षमा युवराज पुरी चयन

तामसालिङ खबर
२५ माघ २०७९, बुधबार ०७:४५

माघ, चितवन – नेपाल प्रेस युनियन बागमती प्रदेशको अध्यक्षमा युवराज पुरी चयन भएका छन् । चितवनको सौरहामा यही माघ २३ र २४ गते सम्पन्न प्रथम अधिवेशनले पुरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति निर्माण गरेको हो ।

प्रदेश कार्यसमिति उपाध्यक्षहरुमा सुजन विडारी, श्रीराम नेपाल र गोमा थापालाई चयन गरेको छ । युनियनको महासचिवमा पूर्ण शर्मा, सचिवमा राजन बस्नेत, रमेश पौडेल र सरिता पौडेल चयन हुँदा कोषाध्यक्षमा विकास रौनियार चयन भएका छन् ।

युनियनको सदस्यहरुमा गंगा पौडेल, धनपती दाहाल, सुनिल श्रेष्ठ, मनकाजी तामाङ, समिक्षा पाण्डे, हरी न्यौपाने, काला पाख्रीन, सुमन सिवाकोटी लगाएतका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*